Paschim Express
डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परी पूर्व सईको मृत्यु

डडेल्धुरा ।  डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। हिजो मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो । 

नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक(सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको सुुपप्र०१००१च २९५५ नम्बरको कारमासमेत ठोक्किएको ट्राफिक कार्यालय अत्तिरियाले जनाएको छ ।  

दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । त्यहि उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update