Paschim Express
डडेल्धुराको गन्यापधुरामा भलिबल प्रतियोगिता सुरु, सांसद खड्काद्वारा उद्धाटन

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आजदेखि वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धाटन गरिन् । उद्धाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा लगायतको पनि सहभागिता रहेको थियो ।  

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको कोरालखोलमा भइरहेको प्रतियोगिताको बिजेतालाई नगद ४० हजार, उपबिजेतालाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने वडा नम्बर ५ का अध्यक्ष चन्द्रप्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा गाउँपालिकाका ५ वटै वडाका टिमको सहभागिता रहेको छ । 
 

No description available.

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update