Paschim Express
सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन सक्दैनः आरजु राणा

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि अनुसन्धानमा सरकारले प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन नसक्ने बताएकी छन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् ।

उनले कृषिमा नयाँनयाँ प्रविधि र ल्यापहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले दुध उत्पादन किसान तथा अन्य किसानहरुको भुक्तानीमा सरकारले प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताइन् । 

उनले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताइन् ।

उनले नेपालको १० लाख हेक्टर जमिनमा अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार बनाउनुपर्ने बताइन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update