Paschim Express
इजरायलले भन्यो– विपिन जोशी हमासको कब्जामा छन्

काठमाडौँ । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ ।

जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update