Paschim Express
डडेल्धुरामा जेसीज सप्ताहअन्तर्गत सुरु भयो भलिबल प्रतियोगिता

डडेल्धुरा । डडेल्धुरामा भलिबल प्रतियोगिता सुरु भएको छ । कात्तिक १२ गतेदेखि सुरु भएको जेसीज सप्ताह कार्यक्रमअन्तर्गत आजदेखि भलिबल प्रतियोगिता सुरु भएको छ । 

डडेल्धुरा जेसीजका अध्यक्ष भोजराज अवस्थीका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय नजिक रहेको डडेल्धुरा मेडिकल कलेजको जग्गामा रहेको भलिबल कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

डडेल्धुरा जेसीजका अध्यक्ष अवस्थीले भने, ‘भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार १११, द्धितिय पुरस्कार २५ हजार १११ र तृतिय पुरस्कार १५ हजार १११ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।’ प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । 

अध्यक्ष अवस्थीका अनुसार १२ गते बिहान ८ बजे जेसीज सप्ताह उद्धाटन गरिएकोमा सोही दिन रक्तदान कार्यक्रम पनि राखिएको थियो । यस्तै १३ गते दिउसो ३ बजे डडेल्धुरा बसपार्कमा म्युजिक चेयर्स र घैटो फुटाउने कार्यक्रम गरिएको छ ।

१४ गते गन्यापधुरा गाउँपालिकाको कार्यालय गणेशपुरमा निशुल्क आँखा चेकजाँच तथा औषधि वितरण कार्यक्रम, १५ गते बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म निशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधि वितरण कार्यक्रम अमरगढी नगरपालिका वडा नम्बर २ मा भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update