Paschim Express

डडेल्धुरा । नेपाल नेत्रज्योति संघअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । तर, अस्पतालको सेवाबारे धेरैलाई जानकारी भने छैन । विगत एक वर्षदेखि आँखा रोग बिशेषज्ञ डा. मुकेश पाण्डेयले डडेल्धुरा आँखा अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् ।

 

समान्यदेखि मोतीया बिन्दुको अपरेशन, आँखामा मासु पलाएको, गाँठागुँठी भएको लगायतका आँखासम्बन्धि जटिल रोगको उपचार डडेल्धुरा आँखा अस्पतालमै भइरहेको अस्पतालका इन्चार्ज बेञ्जना बेलबासेले बताइन् ।

 


बेलबासेका अनुसार दैनिक अहिले एक सय जना बिरामी अस्पतालमा पुग्न थालेका छन् । ‘सयमध्ये ६० जना आँखा पाक्ने रोगबाट ग्रसित भएका बिरामी आउने गरेका छन्,’ उनले भनिन्, ‘आँखाका विभिन्न समस्याबाट पीडित भएका एक सय जनाको माषिक शल्यक्रिया पनि भइरहेको छ ।’

 


प्रदेशका ७ वटै पहाडी जिल्लावाट बिरामी आउने गरेको भए पनि उपलब्ध सेवाअनुसार बिरामीको चाप बढ्न नसकेको उनले बताइन् । अस्पतालमा पुग्ने बिरामीमध्ये एक प्रतिशतलाई मात्रै रेफर गरिएको बेलबासेले जानकारी दिइन् । नेपाल नेत्रज्योति संघ डडेल्धुराका अध्यक्ष शिवराज पन्तले अस्पतालसंगै विभिन्न समयमा शिविरमार्फत पनि सेवा दिइरहेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update