Paschim Express
सुदूरपश्चिममा प्रहरीले अनलाइनमार्फत् गुनासो र उजुरी लिने,  ‘क्युआर कोड’ सार्वजनिक

धनगढी । सुदूरपश्चिममा प्रहरीले अब अनलाइनमार्फत् गुनासो तथा उजुरी लिने भएको छ । आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहोराले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाईका लागि क्युआर कोडको उद्घाटन गरेका हुन् ।

प्रहरीले आजैबाट लागू हुने गरी क्युआर कोड स्कायन गरि गुनासा तथा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ । परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न सुरु गरिएको डिआइजी बोहोराले बताए ।

आजबाट प्रदेश प्रहरी कार्यलयमा क्युआर कोडको सेवा सुरु गरिएको छ भने क्रमश जिल्ला, इलाका हुँदै तल्ला युनिटसम्म पनि यो सेवा लागू गरिने डिआइजी बोहोराले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update