Paschim Express
मध्यरातमा ६.४ म्याग्निच्युडको गयो भूकम्प, सुदूरपश्चिममा पनि धक्का महसुस

डडेल्धुरा । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । प्रदेशका ९ वटै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । 

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जनाएको छ ।

मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का नेपालसंगै चीन र भारतमा पनि महसुस भएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ००:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update