Paschim Express
जाजरकोट भूकम्प : ३६ जनाको मृत्यु

जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश  प्रहरी कार्यालयबाट ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपमेयर सरिता सिहको पनि मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update