Paschim Express
उपमेयर सिंहको भूकम्पमा परेर मृत्यु

शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । 

जाजरकोट सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update