Paschim Express
भारतका प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मध्यरातमा गएको भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका हुन्।
 
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’


शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभाविक क्षेत्रको निरिक्षणका लागि जाजरकोट पुगेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update