Paschim Express
मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुराका विष्टको मृत्यु

डडेल्धुराः कैलालीको  गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ११ बस्ने २१ वर्षीय खडक बिष्ट रहेका छन।

गए राती करिव ८ः४० बजे साझ सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गए राती करिव साढे दुई बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update