Paschim Express
भूकम्पबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, १४० घाइते

काठमाडौँ:  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १३२ जनाको मृत्यु भएको छ। शनिबार बिहान १० बजेसम्ममा जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो।

यस्तै जाजरकोटमा ५५ र रुकुममा ८५ जना गरी १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।  अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी खोज र  उद्धारको लागि खटिएको छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update