Paschim Express
क्यानले नेपाल र ओमानबीचको खेलको टिकटबाट उठेको ५० प्रतिशत रकम भूकम्पपीडितलाई प्रदान गर्ने

काठमाडौं : आईसीसी विश्वकप टी- २० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान)को घोषणा गरेको छ ।

क्यानले शनिबार सूचना निकाल्दै नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गरेको हो ।

गए राति जाजरकोट केन्द्रबिन्दु भएको गएको भुकम्पमा सयौं मानिसले ज्यान गुमाएका छन् भने हजाराै घाइते भएका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update