Paschim Express
भूकम्पपीडितलाई डेढ लाख दिने नवदुर्गा गाउँपालिकाको घोषणा

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सहयोग गर्ने घोषणा गरेका हुन् ।

 

अवस्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगस्वरुप नवदुर्गा गाउँपालिकाको तर्फबाट एक लाख ५० हजार सहयोग गर्ने जानकारी दिएका छन् । 

 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी १ सय २८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । गएराति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update