Paschim Express
जाजरकोट भूकम्प : सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ सहयोगसहित स्वास्थ्यकर्मी पठाउने 

धनगढी । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरूको उपचारका लागि सुदूरपश्चिम सरकारले सहयोग रकमसंगै चिकित्सक र औषधि पठाउने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको हो । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै उक्त सहयोगको घोषणा गरेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताए । 

सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै  निर्णय गरेको हो ।

371514805_1020419129250927_113516921933886330_n

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update