Paschim Express
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई २ लाख दिने

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार पीडितको उद्दार तथा राहातको लागि सहयोग स्वरुप गाँउपालिकाको तर्फबाट दुई लाख दिने घोषणा गरिएको हो । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी १ सय २८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।

गएराति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update