Paschim Express
आलितालमा रूखबाट लडेर महिलाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको आलिताल गाउँपालिका– १ तोली गाउँ बस्ने नारूदेवी बोहराको शनिबार बिहान घाँस काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो।

शनिबार बिहानै १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखबाट लडेर खोलामा परी उनको मृत्यु भएको स्थानीय योगेन्द्र देउवाले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update