Paschim Express
डडेल्धुराको परशुराम-४ को वडा कार्यालयमा चोरी, सीसीटिभी क्यामेरासमेत लग्ने दुईजना पक्राउ

 डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-४ लटेरोडा कटालस्थित वडाकार्यालयमा तोडफोड गरी चोरी भएको छ।

कात्तिक १५ गते राति दुईजनाको समूहले कार्यालयको मुल गेटको ताला फुटाएर चोरी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

कार्यालयको मुल ढोकामा रहेको सीसीटिभी क्यामेरा फुटाएर गेटको ताला तोडेको प्रहरीको बताएको छ।

कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको वडा सचिव डम्बर साउँदले जानकारी दिए।

उनका अनुसार कार्यालयमा जडित सीसीटिभी क्यामेरा र क्यामेराजडित सिपियू समेत चोरिएको छ।

चोरी गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिका- ४ कटाल घर भएका २३ वर्षीय नरेन्द्र नेगी र सोही ठाँउ बस्ने वर्ष १९ का हरि थापालाई पक्राउ गरेको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ परेका दुवैजनालाई जिल्ला पठाएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update