Paschim Express
डडेल्धुराको अजयमेरु गाउँपालिकाले भूकम्पपीडितलाई २ लाख दिने

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने भएको छ । गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले विज्ञप्ती जारी गर्दै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक, एक लाख गरी दुई लाख पठाउने जानकारी दिएका छन् ।

दुबै जिल्लाको राहत कोषमा उक्त रकम जम्मा गर्ने अध्यक्ष भट्टले जानकारी दिएका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update