Paschim Express
अमरगढी नगरपालिकाले सवा लाख भूकम्पपीडितलाई दिने

डडेल्धुरा । डडेल्धुराको अअमरगढी नगरपालिकाले भूकम्पपीडितलाई सवा लाख दिने भएको छ ।

नगरपालिकाका मेयर डिल्लीराज जोशीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक लाख २५ हजार पठाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ । 

शुक्रबार राति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update