Paschim Express
कञ्चनपुरमा घाँस काट्न गएकी महिला मृत फेला,  हत्याको आशंका

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा सोही ठाउँकी अन्दाजी ६० वर्षिया नन्दादेवी जोशीको शव सोमबार बिहान फेला परेको हो।

आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार विहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। अहिले इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update