Paschim Express
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

डडेल्धुरा । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो ।

सुदूरपश्चिमसहित कर्णाली प्रदेश र राजधानी काठमाडौं तथा भारतको दिल्लीसम्म धक्का महसुस गरिएको बताइएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्‍निच्युडको भूकम्प गएको हो । यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update