Paschim Express
कैलाली अदालतमा चोरी, पेस्तोल र गोलीसहित पाँच मोबाइल गायब

कैलाली ।  जिल्ला अदालत कैलालीमा चोरी भएको छ। अदालतबाट पाँच थान मोबाइलसहित एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली समेत चोरी भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर चोरी भएको हो ।

अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको प्रहरीले जनाएको छ। चोरको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए । कैलाली जिल्ला अदालतले मिसिल पनि चोरी भएको हुनसक्ने आशंकामा सम्पूर्ण शाखामा रिपोर्ट माग गरेको छ ।

अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति अनाधिकृत रुपमा प्रवेश गरेको भिडिओ कैद भएको छ । उक्त फुटेज प्रहरीले अनुसन्धानका लागि लगेको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update