Paschim Express
सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो 

धनगढी । सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोलीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै फर्काएको हो । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सर्म्पक व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो ।

सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update