Paschim Express
डडेल्धुरामा जुवाखालबाट ९ जना पक्राउ

डडेल्धुरा। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले डडेल्धुराबाट ९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको अमरगढी नगरपालिका–२ भेलका चन्द्र भण्डारीको पुरानो कुखुरा फार्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय बिरेन्द्र खडायतसमेत ९ जनालाई मंगलबार राति पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई नगद १३ हजार रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update