Paschim Express
डडेल्धुराको नवदुर्गामा क्रिकेट प्रतियोगिता सुरु, बिजेतालाई ५५ हजार पुरस्कार

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले तिहारको अवसरमा आयोजित क्रिकेट प्रतियोगिताको उद्धाटन गरिन् । उद्धाटन कार्यक्रममा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीको पनि सहभागिता रहेको थियो । 

जयभुवन युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा नवदुर्गा गाउँपालिकाको मुख्य प्रायोजन र वडा नम्बर १ कोटेलीको सहप्रायोजन रहेको छ । प्रतियोगिताको बिजेताले ५५ हजार ५५५, उपविजेताले २५ हजार ५५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक जयभुवन युवा क्लबले जनाएको छ । प्रतियोगिताका खेलहरू नवदुर्गा गाउँपालिका वडा नम्बर १ ऐरोडास्थित चोरा मैदानमा भइरहेका छन् । प्रतियोगिता कार्तिक २६ गतेसम्म सञ्चालन हुने छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update