Paschim Express
डडेल्धुराको कोरालमा भलिबल प्रतियोगिता सुरू

डडेल्धुरा । डडेल्धुराको कोरालमा भलिबल प्रतियोगिता सुरू भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ स्थित कोरालको खेल मैदानमा खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको ।

दुर्गा भगवती युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस डडेल्धुराका सचिवसमेत रहेका भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले उद्घाटन गरे । 


आयोजक दुर्गा भगवती युवा क्लबका अध्यक्ष नरेन्द्र भाटका अनुसार २६ गतेसम्म हुने प्रतियोगिताका विजेतालाई ४५ हजार, दोस्रो हुने टिमलाई २५ हजार र तेस्रो हुने टिमलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष भाटले बताए । 

यस्तै उद्घाटन कार्यक्रममा गन्यापधुरा गाउँपालिका वडा नम्बर अध्यक्ष चन्द्रप्रसाद रोस्यारा, वडा नम्बर ३ का अध्यक्ष चक्रबहादुर देउवा, शिखर नगरपालिका वडा नम्बर १० का काङ्ग्रेस सभापति दुर्गाप्रसाद रोस्यारा लगायतको पनि सहभागिता रहेको थियो ।

२०५२ सालमा स्थापना भएको क्लबले प्रत्येक वर्ष तिहारको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update