Paschim Express
विद्युत् प्राधिकरणले माग्यो झन्डै ४ सय कर्मचारी (सूचनासहित)

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर  १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ। प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ। दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

2023-11-10-12-08-50-gopa-kattik-24-10-1699579500-scaled-1699580438.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update