Paschim Express
अमरगढी किल्ला संरक्षणको प्रयास, साढे सात करोड आवश्यक

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढी किल्ला संरक्षणको प्रयास थालिएको छ । अमरगढी नगरपालिका ५ खलंगमा रहेको किल्ला संरक्षणका लागि नेपाली सेनाले अग्रसरता देखाएको हो । अमरगढी नगरपालिका १ दहमा रहेको नेपाली सेनाको रणबम गणले किल्ला संरक्षणका लागि जिल्लाका सरोकारवालासंग छलफल चलाएको हो । 

१८औँ शताब्दीको इतिहास बोकेको ढुुङ्गे किल्ला हाल जिर्ण हँुदै गएपछि संरक्षणका लागि छलफल थालिएको रणबम गणका गणपती प्रमुख सेनानी प्रविण थापाले जानकारी दिए । उनको पहलमा किल्लामै केही दिनअघि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतसंग छलफल भएको थियो । 

छलफलमा अमरगढी नगरपालिकाले ५ लाख खर्च गरि तयार पारेको डीपिआरको थ्रीडि भिजुुअल प्रदर्शन गर्दै सुुझाव संकलन गरिएको थियो । उक्त डीपिआरअनुसार किल्लाको निर्माणको लागि करिब साढे सात करोड बजेट आवश्यक पर्ने देखिएको छ । गणपती थापाले अमरगढी किल्लालाई डडेल्धुराका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके अरु क्षेत्रमा पनि विकास हुने बताएका छन् । 

बिहीबार जिल्लास्थित सञ्चारकर्मीसंग कुराकानी गर्दै थापाले भने, ‘अहिले किल्लालाई संरक्षण गर्न सकिएन भने इतिहास मेटिने अवस्थामा पुग्नसक्छ । त्यसैले आवश्यक बजेटका लागि पहल गर्न जरुरी छ ।’

अमरगढी किल्ला ६ हजार ५ सय फिट उचाईमा रहेको छ । किल्ला ढुुङ्गा, माटोसंगै काठले बनेको छ । यसको आकार सिंहको टाउकोको जस्तो छ । १८४७ भाद्र ३१ गते नेपाल एकिकरणको शिलशिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको थियो ।

युद्धमा गोरखाली फौजसंग डोटेली फौज पराजित भइसकेपछि यस भूूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकको रुपमा आएको इतिहास छ । उनले यस क्षेत्रको संरक्षणसंगै महाकाली नदी पारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राखेका थिए । सोही समयमा ढुुङ्गे किल्लाको निर्माण भएको बताइन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update