Paschim Express
डडेल्धुरामा राति १० बजेसम्म मात्रै देउसी खेल्न पाइने, कृत्रिम फूलमाला प्रयोग नगर्न आग्रह

डडेल्धुरा । डडेल्धुरामा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने उल्लेख गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेद्धारा जारी सूचनामा देउसी भैलोका कार्यक्रम रातको १० बजेसम्म सञ्चालन पाइने भनिएको छ । 

तिहार, छठ लगायतका पर्वहरूलाई मर्यादित र व्यवस्थित बनाउन अन्य चार वटा निर्णय पनि भएको उक्त सूचनामा उल्लेख छ ।

तिहार मनाउने क्रममा पटका, आतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न, कृत्रिम फूलमाला प्रयोग नगर्न र कानूनले निषेध गरेका जुवा तास, खडगडे जस्ता क्रियाकलापहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update