Paschim Express
बैतडीमा ११ सरकारी कार्यालयसहित १०२ ग्राहकको बिजुली लाइन काटियो

बैतडी । बैतडीका एक सय बढी ग्राहकको विद्युत लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको यही कार्तिक १३ गतेदेखि लाइन काट्न सुरु गरेको हो।

समयमा महसुल नबुझाउने विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। अहिले सम्म १ सय २ ग्राहकको लाइन काटिएको उनले बताए। जसमध्ये ११ ओटा सरकारी कार्यालय र ९१ ओटा व्यक्तिगत ग्राहक छन्।

विद्युत महसुल नबुझाएको ४ महिनाभन्दा माथि भइसकेका ग्राहकहरुको लाइन काटिएको हो। उनीहरुबाट १६ लाख २८ हजार विद्युत महसुल असुल गर्नुपर्ने बाँकी रहेको कार्यालय प्रमुख पौडेलले बताए । विद्युत लाइन काटिएपछि केहीले महसुल बुझाएको र उनीहरुको लाइन फेरी सुचारु गरिएको छ।

बैतडीमा १ करोड १९ लाख विद्युत महसुल उठाउन बाँकी रहेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update