Paschim Express
कैलालीमा जीप दुर्घटना, ४ जना घाइते

धनगढी । कैलालीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम रहेको छ ।

जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका(४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update