Paschim Express
जुवातास खेल्ने/खेलाउनेलाई कति हुन्छ सजाय ?

काठमाडौं । जुवातास खेल्ने र खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ। सो दफा अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वन ३० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ।

दोस्रो पटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ।

police-juwatas-1699755930-1699757162.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update