Paschim Express
सुदूरपश्चिम पुगेर आयोगले लियो १६ औं योजनाका लागि सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६ औँ योजनाका लागि सुझाव लिएको छ । १६ औं योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।

आयोगकी सदस्य डा। अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए ।

२१–२२ कात्तिकसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औं योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् ।

सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार आगामी योजना बनाउनु पर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update