Paschim Express
अलौकिक मुक्तिनाथ (फोटो फिचर)

डडेल्धुरा । मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तिर्थस्थल हो । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा बर्सेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । ३ हजार ८ सय मिटर उचाईमा रहेको हिममालको काखैंमा मुक्तिनाथ मन्दिर छ । 

मुक्तिनाथ मन्दिर हिन्दु धर्मालम्बीहरुका लागि ठुलो आस्थाको केन्द्र हो । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभास हुन्छ । निलगिरी, दामोदर, मुक्तिनाथ जस्ता दर्जनौं हिमश्रृखलाहरुले घेरिएको मुक्तिनाथको स्कन्द पुराण र अन्य पौराणिक पुराणहरुमा महिमा गाइएको छ ।

No description available.

१८७१ सालमा निर्माण गरिएको मुक्तिनाथ मन्दिर पेगोडा शैलीमा रहेको छ । मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति छ । मुक्तिनाथको मूर्तिको दाँयापट्टि उभिएको लक्ष्मीको मूर्ति र बाँयापट्टि उभिएको सरस्वतीको मूर्ति रहेको छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । 

मुक्तिनाथको दर्शनको लागि चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, दसैं लगायतका पर्वहरु महत्वपूर्ण मानिन्छन् । त्यस्तै मनले चिताएको पुग्ने विश्वासका साथ त्यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डको पानीमा स्नान गर्ने गर्छन् । 

No description available.
मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्कीट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । गाडीमा पोखरा, बेनी हुँदै मुक्तिनाथसम्म पुग्न सकिन्छ । विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार घाँसा, मार्फा कागवेनी हुँदै मुक्तिनाथ पुगिन्छ । यात्राको क्रममा हिमाली दृश्यहरु, सुन्दर गाउँहरु, रुख र घाँस नभएका पहाडहरु देख्दा मनै फुरुङ्ग हुन्छ । अन्नपूर्ण र धौलागिरीको बिचमा पर्ने विश्वकै गहिरो खोँचको यात्रा हुन्छ । मुक्तीनाथ जादाँ बाटोमा रुप्से झरना देखा पर्छ । त्यो झरना निकै सुन्दर देखिन्छ ।

No description available.

रुप्से झरना कालिगण्डकीमा मिसिएको ठाउँ विश्वकै गहिरो खोँच मध्येमा पर्छ । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दू र वौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रशिद्ध मानिन्छ । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.IMG_4120-1699784293.JPG

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update