Paschim Express
कञ्चनपुरमा श्रीमान–श्रीमती मृत भेटिए

धनगढी । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाशबहादुर डाँगीले बताए ।

उनीहरुको मृत्युको कारण नखुलेको बताउँदै प्रहरी नायब उपरीक्षक डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update