Paschim Express
डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा । डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । शुभ दिपावलीको अवसरमा जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लको सहयोगमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो ।

मल्लले जयबाबा घटाल युवा क्लबको समन्वयमा अस्पतालका ६० जना बिरामीलाई फलफूल वितरण गरिएको जानकारी दिए । कार्यक्रममा मल्लकी आमा बसन्ती मल्लको सहभागिता पनि रहेको थियो ।

डडेल्धुरा घर भई हाल जापानमा रहेका मल्ल यहाँका गरिव, पीडित तथा समाजमा पछाडि परेका बर्गलाई सहयोग गर्दै आएका छन् । उनले समाजसेवा गर्दै डडेल्धुरा जिल्लामा लाखौं रूपैयाँ खर्च गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update