Paschim Express
सुदूरपश्चिम सरकारले क्रिकेटर ऐरी, भण्डारी र जोरालाई नगदसहित सम्मान गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

नेपाललाई विश्वकपमा पुर्याउदाका आफ्ना प्रदेशका तीन खेलाडीलाई सुदूर सरकारले सम्मान गर्ने निर्णय लिएको हो।

दीपेन्द्रलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई ५/५ लाख दिने निर्णय गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

उनका अनुसार एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएकाका कारण उनलाई एकलाख बढी दिइने भएको हो।

नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update