Paschim Express
कञ्‍चनपुरमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी । कञ्‍चनपुरमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा आइतबार साँझ म १ च ४१५ नम्बरको जीपको ठक्करबाट सोही ठाउँ बस्ने ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश डाँगीले हुलाकी सडक खण्डको कान्छी बजार नजिकै तामाङलाई जिपले ठक्कर दिँदा उनको मृत्यु भएको बताए । जिप र चालक बेलौरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update