Paschim Express
बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव मंगलबार बिहान फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update