Paschim Express

डडेल्धुरा । सूचना र विचारको जगत फराकिलो छ । सोही जगतमा आज हामीले पाइला टेकेका छौं । सूचना र प्रविधिमा आएको अभूतपूर्व विकासले समाचार ग्रहणका तौरतरिका बदलिएका छन् । अक्सर युवापुस्ताले सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् ।

त्यसैलाई समाचार ग्रहणको माध्यम पनि । हामी त्यो असंगठित जनसंख्यासँग सहकार्य गर्न पनि आएका हौं । त्योसंगै पश्चिम एक्सप्रेसमा बस्तुपरक र यथार्थपरक सामग्रीको गहिराइ, उचाइ र फैलावट यहाँले अनुभव गर्न सक्नुहुनेछ ।

त्यसबाहेक नामले नै स्पष्ट पार्छ, हामी नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रमा राखेर आफ्नो उपस्थितीलाई स्थापित गर्नेछौं । त्यो उपस्थिती हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको सहयोग र सुझावबाट अनुमोदन हुनेछ । त्यसैले आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग पुर्‍याउन हामी अनुरोध गर्दछौं । यद्यपि अनलाइन पत्रकारिताको कुनै भौगोलिक सीमा हुँदैन ।

प्रविधिमा आएको व्यापकताले अनलाइन पत्रकारितालाई आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनाइदिएको छ । पलपलमा सूचना प्रवाहित गर्ने, विश्लेषण गर्ने र निकायहरूलाई जिम्मेवार बनाउने दिशामा यो विधाले भूमिका निर्वाह गरेको हुन्छ ।

त्यो भूमिका निर्वाह गर्न हामी पनि लाग्नेछौं । पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगरी स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग हुबहु उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । हाम्रो अस्तित्व तबसम्म मात्र छ, जबसम्म यहाँहरू आलोचक, शुभेच्छुक र विज्ञापकका रूपमा हामीसंग जोडिनुहुनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update