Paschim Express
डडेल्धुरामा लागुऔषधसहित एकजना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-४ माथिल्लो खलंगाका ३५ वर्षीया सुरेश सिलाधर रहेका छन् ।

शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा उनको शरीर खान तलासी गर्दा चरेस फेला पारेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार प्लाष्टिकसहित दुईसय ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा एकसय ८० ग्राम लागु औषध फेला पार्नुका साथै उनको साथबाट भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र तीन हजार रूपैयाँ समेत बरामद गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update