Paschim Express
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

अछाम । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने, चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पोचालक कमलबजार नगरपालिका– ४ का दीपक बोहाेरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । 

दुर्घटनामा परी कमलबजार– ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update