Paschim Express
अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी शाखा प्रमुखकोे निधन

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको निधन भएको छ ।

उपचारको क्रममा काठमाडौंको ब्लड हस्पिलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–३ घर भएकी शर्मा नगरपालिकामा विगत ५ वर्षदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन्। मृतक शर्माको श्रीमान र एक छोरा छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update