Paschim Express
बैतडीमा एक युवक मृत फेला

बैतडी।  बैतडीमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाकाे दोगडाकेदार गाउँपालिका-४ मल्लीओढार बस्ने अन्दाजी २२/२३ वर्षीय तर्कराम महर रहेका छन्।

उनी बिहान १० बजेतिर मृत फेला परेका हुन् । घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् । 

मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए । तर, घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update