Paschim Express
डडेल्धुरादेखि मुक्तिनाथसम्म

डडेल्धुरा । २०७२ सालको भुकम्पको ‘इपी सेन्टर’ रहेको गोरखाका बिभिन्न क्षेत्र हेर्ने योजना सहित कार्तिक २० गते डडेल्धुराबाट यात्रा शुरु गरेका हामी १५ जनाको पहिलो दिन धनगढीको बसाई भयो । २१ गते हाम्रो हवाई यात्रा कास्कीको पोखराका लागि भयो । २२ र २३ गते गोरखाका बिभिन्न क्षेत्रहरु हेर्ने योजना बुनेर दोस्रो रात पोखराको लेक साईटको गुडवाईल होटेलमा नै भयो । 

सुपर प्रयोजनाले भुकम्पको जोखिम भोगिसकेको क्षेत्र र सम्भावित भुकम्पको जोखिम भएको बस्तीहरुका जनप्रतिनिधि, कर्मचारीहरुसँगको साक्षात्कार गराउने योजनासँगै हामी २२ गते बिहानै भुकम्प जोखिमबाट सब्लीएको गोरखा नगरपालिका वार्ड नंं. १०को बिरिनचोकगाउँमा प्रवलिकरण गरिएका घरहरु हेर्दै त्यहाँका स्थानीयहरु भलाकुसारी ग¥यो ।

डडेल्धुराका ग्रामिण जनजिवनसँग धेरै जसो मेल खाने यो गाउँमा हाम्रा गाउँमा भन्दा केही कुरा फरक थियो । रहेकेको घरमा फुलबारी, सानो भएपनि करेसाबारी, रहेकोको घरमा गाई वा भैसी पालेको र बस्तीलाई सुन्दरता बनाउन बाटोभरी बिभिन्न किसिमका फुलहरु लगाएको देखिन्थ्यो । दर्जन बढी भुकम्प प्रभावित भएका प्रवलिकरण भएको घरहरु हेर्ने योजनासँगै हिन्दा हिन्दै यो गाउँबाट ८ किलोमिटरको दुरीमा रहेको गोरखा दरबार पुग्ने योजना तेहीबाट बुनियो । 
गोरखा दरबार 
विशाल नेपालको निर्माता पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार हेर्ने मौका पनि मिल्यो । यो दरबार पनि भुकम्पको समयमा क्षति पुगेको थियो । दरवार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाई छ । तर यहि समयमा नै बनेको हो भन्ने पुष्टी भने हुन सकेको छैन । त्यसको क्षेत्रको प्राचिन नाउँ स्वोर्णकुट भएको जानकारी पाईयो । गोरखा दरवार क्षेत्रमा लिच्छविकाल देखिका विभिन्न धार्मिक सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरु रहेका छन् । 
वजारदेखि दरबारसम्म ढुङ्गाको सिढींहरु बनाएका छन् ।

368573770_1990044224698414_8280988161783612858_n-1700224925.jpg

पर्यटकहरुलाई उक्त स्थानमा ट्रेकिङ्ग प्याकेजका रुपमा लैजान सकिन्छ । पृथ्वीनारायण शाह जन्मेको कोठा आगो ताप्ने अगेनो राजगद्दी भएको कोठा रङ्ग र महल पूजा कोठा आदी विभिन्न खण्डहरुमा विभाजित रहेका छन् । यस दरबारको झ्याल कोठाहरुको बनौटमा देखिने काष्ठकला अनुपम नमुनाका रुपमा रहेको छ भने दरबार निर्माणको कला कौशल विशेष किसिमको रहेको छ । डाँडाको टुप्पामा अवस्थित यो दरबार साच्चैनै सुन्दर शान्त र विशाल छ ।

.......................

गोरखा दरबार घुमीसकेपछि हाम्रो बसाई तनहुँको मस्याङ्दी रिर्सोटमा भयो । पोखराबाट हिनेको दोस्रो दिनमा बिहानै हामी पालुङ्टार नगरपालिका बिभिन्न भुकम्पबाट प्रभावित बस्ती हेर्ने योजनामा निस्कीयौं । पालुङ्टार नगरपालिकामा बाईसे चौबिसे राज्य हुदाँका बखतका धेरै ईतिहासिक सम्पादहरु रहेछन् । गाउँँ बस्ती घुम्दै तेहाँ ईतिहासिक सम्पदाहरु हेर्ने हामी घुमी रह्यो । 
लिगलिग कोट 
गोरखाको धेरै ईतिहासिक क्षेत्रमा मध्येमा लिगलिग कोट पनि पर्छ । हामी लिगलिग कोटमै पाउ टेक्न नपाएपछि छेउछाउ घुम्यौं । गोरखामा विभिन्न समयमा विभिन्न वंशका राजाहरूले राज्य गरे । राजा यक्ष मल्लको शासनपछि गोरखामा पाल्पाका राजा मुकुन्द सेनले राज्य गरे । उनी यहाँको राजा भएपछि काठमाडौँ उपत्यकामा तीन पटकसम्म हमला गरे तर सफल हुन सकेनन् ।

368508666_727211085919773_5698686815599039249_n-1700224894.jpgराजा मुकुन्द सेनको वि. सं. १६०३ सालको अन्ततिर देहावसान भयो । उनको देहावसान पछि उनका छोराहरूले बाबुले आर्जेको विशाल राज्यलाई आफ्नो नियन्त्रणमा राख्न सकेनन् र किल्ला–किल्ला (कविला) का स्थानीय प्रशासकहरू नै राजा हुन थाले जस्तैः माझकोट, सिरानचोक, अजिरकोट, वारपाक आदि । तर लिग लिगमा भने इच्छुक सबै सहभागी हुन पाउने गरी दुई कोषको दौड प्रतियोगिता गर्ने, सो दौड सातसय लिगलिग राज्य अन्तर्गत चेपेघाट देखि लिगलिगकोटको माथिल्लो दरवारसम्म दौडेर प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा बनाउने भन्ने तर्क अनुसार राजा छान्ने निर्णय भयो । लिगलिगे दौड प्रतियोगिता वि. सं. १६०४ को आश्विन शुक्ल विजया दशमीको दिन हुने सहमती गरे । प्रथम लिगलिगे दौड प्रतियोगितामा १९÷२० वर्षका दलसुर घलेमगरले जितेका थिए । उनले वि. सं. १६०४ देखि १६१५ सम्म लगातार लिगलिग राज्यको राजा भई राज्य गरेका थिए ।

.......................

गोरखा हेरी सकेपछि हाम्रो योजना कार्तिक २४ गते गोरखाबाट काठमाण्डौं फर्किने थियो । टोली जम्बो भएका कारण सबैलाई एकै सात टिकट पाउँन मुस्कील भयो । टिकट पाउन मुस्कील भएपछि हामी पाँच जना(म, अमर, मिन, बिस्णु र कबिन्द्र)को मुस्ताङ्ग हुदै मुक्तीनाथ पुग्ने योजना बन्यो ।   
कार्तिक २४ गते बिहानै एक स्कार्पियो खोजी हामी मुक्तीनाथको यात्रामा निस्कीयौं । पोखराबाट स्कार्पियोमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा, मालढुंगा र म्याग्दीको सदरमुकाम बेनीबाट कालीगण्डकीको किनारै किनार मुक्तिनाथ जान सकिन्छ ।370058035_884640039831414_3905313233668055437_n-1700225029.jpg

कालीगण्डकी करिडोर सडक योजना अन्तर्गत मुस्ताङको कोरोला नाकासम्म सडक चौडा गर्ने काम भइरहेको छ । त्यसैले सडक कच्ची नै थियो । मुस्ताङ जिल्ला प्रवेश गरेसँगै जोमसोमसम्मका धेरै ठाउँमा सडक पिच भएको पाइयो । 
रुप्से झरना 
म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा रहेको रुप्से झरना । बेनी जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकका लागि रुप्से आकर्षणको केन्द्र बनेको छ । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । म्याग्दी सदरमुकाम बेनी नगरपालिकादेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से झरना ७५ मिटर अग्लो रहेको छ । वि.सं. १९७५ सालमा ७५ पैसाको हुलाक टिकटमा यो झरनाको फोटो टाँसिएको थियो जुन टिकट वर्तमान समयमा प्रचलनमा छैन ।IMG20231110123517-1700224858.jpg
पाँच दिनमा सुदूरपश्चिमको प्रशिद्ध उग्रतारा माताको भुमिबाट चारधामको अलौकिक भुमिसम्म यात्रा हामीले सम्पन्न गरियो । एक धार्मिक भुमिबाट अर्को धार्मिक भुमिको मनोहक यात्राका लागि ५ दिन यात्राले यादगार बनाएको छ । 
मुक्तीनाथ 
हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् । यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ । मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । निजि लिएमा गाडीमा दुर्इ दिनमा पुग्न सकिन्छ । IMG_4120-(1)-1700224813.JPG
खासगरी मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । हामी आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । धार्मिक हिसावले मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ । तातो पानीमा नुहाउन धेरै नेपाली तथा विदेशीहरु पुग्ने गर्छन् । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ । धार्मिक हिसावले समेत यो प्रशिद्ध मानिन्छ ।
मुक्तिनाथ ट्रेकिङको प्रवेशद्वार मानिने म्याग्दीको तातोपानी कुण्ड । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको नुहाउन घुइँचो लाग्ने गर्छ । घुम्न जानेका लागि बिभिन्न ठाउँमा बस्ने स्थानहरु रहेको छन् । मुक्तीनाथ दर्शन गर्न जानेहरु पहिले पैदन जाने गर्दछ थे तर आजकल यातायात सहज अवस्था भएका कारण सिधै गाडीमा मुक्तीनाथ पुग्न सकिन्छ । 
मुक्तीनाथ जादाँ बिभिन्न ठाउँमा अत्यन्तै सुन्दर गाउँ हो, जहाँ लोडसेडिङ पनि हुँदैन । यहाँ लोकल हाइड्रो पावरबाट विद्युत उत्पादन गरिएको छ । मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँ पनि हो । मार्फामा खान बस्नका लागि कुनै समस्या छैन । यहाँ खान बस्नका लागि सामान्य होटलदेखि स्तरीय लजहरु समेत रहेका छन् । IMG_20231112_135946-1700224964.jpg
मार्फाबाट अघि बढेपछि कागवेनी पुगिन्छ । कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरु हुने सोह्र श्राद्ध गर्न जानेहरु धेरै हुन्छन् । कालिगण्डकी किनारमा रहेको कागवेनीमा स्वदेशी विदेशी पर्यटक मज्जाले रमाउन सक्छन् । कालिगण्डकीको किनारमा रहेको कागवेनी । यो ठाउँ पितृको श्राद्वका लागि प्रशिद्ध मानिन्छ ।

.....................

यहाँ पुग्दा छुट्टै विश्वमा पुगेको अनुभूति हुन्छ । मुक्तिनाथ अन्नपूर्ण सर्किटमा पर्छ । अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो । मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराहरू । यहाँ नुहाएमा पुण्य कमाइने विश्वास गरिन्छ ।
यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेको छ । तातो–चिसो पानीसहित अट्याच बाथरुम भएका लजहरु मुक्तिनाथमा रहेका छन् । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दू र वौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रशिद्ध मानिन्छ ।

खर्च कति लाग्छ ?
मुक्तिनाथ कागबेनी र जोमसोम लगाएका ठाउँ घुमेर फर्कन लगभग १५ हजार भए पुग्छ । हामीले डडेल्धुराबाट काठमाडौँ, पोखरा हुदै मुक्तिनाथ सम्मको खर्चको हिसाव गरेका छौँ । तर विभिन्न शहरहरुबाटको खर्च थोरै मात्रामा फरक हुन सक्छ । बिभिन्न क्षेत्र भएर मुक्तीनाथ पुग्न सकिन्छ । अनावश्यक खर्च गर्ने होईने भने एक जनाको लागि डडेल्धुरा देखि मुक्तीनाथ सम्म पुग्न १५ हजार भए पुग्छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update