Paschim Express
बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का ३५ वर्षीय अम्मर बिष्टको मृत्यु भएको छ ।

कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बैतडी प्रहरीका प्रवक्ता खेमविक्रम केसीले बताए ।

घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल बैतडी लगिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update