Paschim Express
पहिलो पटक सूर्मा सरोवर हिमालको सफल आरोहण

बझाङ । बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् । 

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनीसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए ।

अहिले सम्म कसैले नचढेको नयाा हिमाल विश्व विख्यात आरोहीको टोलीले सफल आरोहण गरेकोमा खुसी लागेको बसाइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update