Paschim Express
परिगाउँको भुवनेश्वरी नमुना माविले स्वर्ण जयन्ती मनाउँदै, सय जेष्ठ अभिभावकलाई नगर परिक्रमा  गर्दै सम्मान

डडेल्धुरा । डडेल्धुराकाे परशुराम नगरपालिका-५ परिगाउँमा रहेको भुवनेश्वरी नमुना माविले आफ्नो स्वर्ण जयन्ती मनाइरहेको छ । 

विद्यालय स्थापनाकाे ५० वर्ष पुगेकाे अवसरमा भाेलि (सोमबार) आफ्नो ५०औं वार्षिकोत्सब तथा अभिभावक दिवस एवम् स्वर्ण जयन्ती मनाउन लागेकाे हाे ।

भित्री मधेस क्षेत्रको एकमात्र नमुना विद्यालयका रुपमा परिचीत भुवनेश्वरीले आज विद्यालय स्थापनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै सय जेष्ठ  अभिभावकलाई सम्मान गर्दै नगर परिक्रमा गराएको छ ।

उनीहरुले गरेका जग्गादान तथा अन्य योगदानको कदर गर्दै नगर परिक्रमा गराएको प्रधानाध्यापक डम्वरसिंह थ्वालले बताए । उनीहरुलाई भोलि कार्यक्रममा सम्मानसमेत गर्ने उनले बताए।


वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका अतिरिक्त कृयाकलाप, सांस्कृतिक कार्यक्रम, वार्षिक प्रतिवेदन पेश तथा अन्य कार्यक्रम गर्ने उनले जानकारी दिए ।
वार्षिकाेत्सवकाे उदघाटन परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जाेशीले गर्नेछन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update